Posts

Showing posts from January, 2020

सघर्षको शुभकामना

कसैले मलाई जिन्दगी के हो भनेर सोध्यो भने, मेरो उत्तर हुनेछ– कहिल्यै नटुट्ने भोगाईहरुको शृंखला जिन्दगी हो। २६ वर्षे जीवनमा मैले जे–जति भोगेँ, त्यसले त्यही भन्छ। १२ वर्षको उमेरसम्म मलाई केही कुराको ज्ञान थिएन। पुतलीजस्तै यो फूल र त्यो फूल गर्दै म हुर्किएँ। आँपगाछीहरुमा चढ्दै–लड्दै मेरा दिनहरु बित्थे। बाहिरी दुनियाँसँग अञ्जान–अनभिज्ञ थिएँ। शीरमा बाउआमाको हात छ, मलाई केको डर छ भनेजस्तो थियो जीवन। उहाँहरुबाट कुनै रोकटोक, कुनै प्रतिबन्ध र परिवन्द थिएन। त्यो बेला मेरो भाइभन्दा म केटाकेटीपनमा बाँचेकी थिएँ। तर सात कक्षामा पुगेपछि सबैथोक बद्लियो। पहिलोपल्ट रजश्वला भयो। त्यही बेला बाबा धन कमाउन मलेसिया पुग्नुभयो। पहिलोपल्ट रजश्वला भएकी छोरीलाई बाउ–माइतीले हेर्नु हुन्न भन्छन्। त्यसैले मलाई नहेरी–नभेटी बाबा जानु भयो। भेट्ने मौका मिल्दो हो त भन्नु हुन्थ्यो होला, ‘अल्बिदा कान्छी। यो नै हाम्रो अन्तिम भेट हुनेछ ! हो, बाबा र बाबाको केही कुरा पनि घरमा आएनन्। बरु उल्टै बेलामौकामा आउने खबर पातलिए र अन्ततः आउनै छाडे। पछि थाहा भयो, उहाँले उतै नयाँ संसार बसाउनु भएछ। आमामाथि आकाश खस्यो। यसले भाइ र मेर...